गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

29

पोखरा – गण्डकी प्रदेशमा शनिबार थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका ३ जिल्लामा गरी १७ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४००३ पुगेको छ । शनिबार थपिएका संक्रमित मध्ये कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् ।

कास्की जिल्लाको पोखरा महानगरपालिका(१७ का २४ र २३ वर्षका २ जना पुरुष सप्रमुका  पोखरामा कार्यरत नेपाल प्रहरी हुन् ।

पोखरा महानगरपालिका(२४ र १३ का २ जना पुरुष, गोरखाको बारपाक सुलिकोटका दुबै जना र तनहुँ जिल्ला, भिमाद(२ का १ जना गरि ५ जना भारतबाट आएका हुन् भने गोरखाको आरुघाटका १ जना काठमाडौँबाट आएका हुन् ।

सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।

समाचार वर्गहरू