(पोखरा) – गण्डकी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिँदा तिर्नुपर्ने शुल्क घटाइएको छ । सनराइज ड्राइभिङ स्कूल अन्तर्गतको कुसुम सप्लायर्ससँगको सहकार्यमा गण्डकी प्रदेश सरकारले कार प्रयोग गरेबापत ३ सय रुपैयाँ शुल्क तिर्नुपर्नेमा अबदेखि घटाएर २४ रुपैयाँ मात्र कायम गर्ने निर्णय गरेको हो ।
नयाँ प्रावधान यही माघ १५ गतेबाट लागू हुने सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनले जानकारी दिए । बसका लागि ७ सय रुपैयाँ लिने गरिएकोमा अब १ सय ८९ रुपैयाँ, मिनीबसका लागि ६ सयबाट घटाएर १ सय २४ रुपैयाँ र ट्याक्टरका लागि ५ सयबाट घटाएर ८९ रुपैयाँ मात्र कायम गरिएको भट्टचनले जानकारी दिए ।