गभर्नर पौडेलकै कारण कर्मचारीले वार्षिकोत्वसमा सहभागी पाहुनालाई कालो व्यानरद्वारा गरे स्वागत

9

काठमाडौं । जेन जी आन्दोलनको बलबाट सत्ता परिवर्तन भएजस्तै नेपाली काग्रेसका पुर्वसभापति शेरबहादुर देउवाको पत्नी डा. आरजु राणा देउवाको सेवा गर्दै सरकारको कमाउ अड्डामा बसि लाभको फाईदा लिदै आएका नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्व पौडेल दिन प्रतिदिन विवादमा तानिदै गएका छन् ।

सत्ता परिवर्तनसंगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल सरकारको नेतृत्व गरेपछि गर्भनर पदको बाँकी कार्यकाल पुरा गर्ने उदेश्यले नै रास्वपा सरकारको भक्तीगान गाउन थालेपछि उनको विरोध राष्ट्र बैंककै कर्मचारीहरुले गर्न थालेका छन । उनले विद्यमान ऐन कानुनअनुसार बैंकले गर्नु पर्ने सामान्य कार्य सम्पादनमा समेत आलटाल गर्दै बसेपछि उनको विरोध राष्ट्र बैंकभित्रबाटै भएको छ ।

गभर्नर नियुक्त भएको झण्डै एक वर्ष हुनलाग्दा समेत कर्मचारीलाई तोकिएको समयमा बढुवा नगरेर बिचल्ली पारेको आरोपसँगै कर्मचारी संघका पदाधिकारीहरुले कालो तुलले स्वागत गर्दै विरोध जनाएका छन् । बैंकको ७१ औं वार्षिकोत्सवका अवसरमा बालुवाटारस्थित केन्द्रीय कार्यालय परिसरमा आयोजित विशेष समारोहमा सहभागी पाहुना, गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक, निर्देशक तथा कर्मचारीलाई मुल ढोका बाहिर कालो तुलले स्वागत गरिएको छ ।

उनीहरुले झुण्डाएको कालो तुलमा लेखिएको छ, ‘चालु आर्थिक वर्षको कार्य सम्पादन बढुवा बैंक उच्च व्यवस्थापनको गैर जिम्मेवार व्यवहारका कारण ढिलाई भएकाले बैंकको ७१ औं वार्षिकोत्सव बहिष्कार गर्दछौं ।’ गभर्नर पौडेल पछिल्लो पटक ११ दिनको अमेरिका भ्रमणबाट शुक्रबार राति काठमाडौं आएका हुन् । चैत अन्तिम साता रिक्त डेपुटीमा किरण पण्डित नियुक्त भएपनि गभर्नर पौडेल पूर्व गभर्नर तथा तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाका ज्वाई एवम् कार्यकारी निर्देशकसहितको तीन सदस्यीय टोली लिएर आइएमएफको स्प्रिङ मिटिङमा सहभागी हुन अमेरिका गएका थिए ।

उक्त कार्यक्रममा सहभागी हुन खोजेका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री बालेन शाहले अनावश्यक भन्दै रोकिदिएका थिए । त्यसअघि अन्तरिम सरकार गठनलगत्तै गत भदौमा फागुन २१ गते निर्वाचन घोषणा गरेपछि गभर्नर पौडेल र दुबै जना डेपुटी म्युजिकल चेयर शैलीमा सधै विदेश यात्रामा निस्किएका कारण माघ अन्तिम सातादेखि निर्वाचन आचारसंहिताले बढुवा रोकेको थियो ।

फागुन २४ गतेपछि ती डेपुटीहरु अवकाश भएपछि चैत २४ गतेसम्म बैंकको उच्च नेतृत्वमा गभर्नर एक्लै भए । गभर्नर पौडेल कहिले विदेश, नभए स्वदेश भ्रमणमा हिँडेपछि बैंक प्रशासन लथालिङ भएको आन्दोलनकारीहरुको भनाइ छ । यता, गभर्नर पौडेलको निर्देशनमा वार्षिकोत्सव कार्यक्रममा निजी क्षेत्रका सञ्चारमाध्यमका पत्रकारहरुलाई रोक लगाइएको छ ।

जनजीवन र अर्थतन्त्रका विषयसँग प्रत्यक्ष जोडिएको केन्द्रीय बैंकले सात दशकदेखि आयोजना गर्दै आएको कार्यक्रममा सञ्चारकर्मीहरुको उपस्थितिलाई गभर्नरले रोक लगाउनुलाई बदलिँदो परिस्थितिमा अर्थपूर्ण ठानिएको छ । उदार अर्थतन्त्र, प्रजातन्त्र र जनसरोकारका विषयमा घण्टौं प्रवचन दिने पौडेलको उक्त निर्देशनले वास्तविक अनुहार उदाङ्गो बनाएको स्वयम् बैंकका कर्मचारीको टिप्पणी छ ।

समाचार वर्गहरू