गाउँपालिकाका पूर्वअध्यक्ष र नापीका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

188
अरुण साह र सञ्जय साह

काठमाडौं – ठगी आरोपमा रौतहटको दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उजुरी परेपछि उनीविरुद्ध रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयले जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति लिएको हो ।

ठगी आरोपमै प्रहरीले काठमाडौंस्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गतको टोखा टोली प्रमुख सञ्जय साह, काठमाडौं नागार्जुन-४ का विमलादेवी श्रेष्ठ र छोरा धिरज श्रेष्ठविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी लिइएको ईलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले बताए ।

गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

आफू ठगिएपछि नापी अधिकृत साहबाट साँवा र ब्याज गरी १ करोड ४० लाख फिर्ता गराइदिने भन्दै दुर्गाभगवतीका पूर्वअध्यक्ष साहले १० लाख लिएको भन्दै सन्तोषले गरुडा प्रहरीमा जाहेरी दर्ता गराएपछि पूर्वअध्यक्ष साहमाथि पनि पक्राउ पुर्जी जारी भएको हो ।

समाचार वर्गहरू