गायक दुर्गेस थापा प्रहरीको नियन्त्रणमा

15

(काठमाडौं) — महानगरीय प्रहरी अपराध महाशाखाले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको छ । गायक थापामाथि देउसी गीत बिगारेर त्यसमार्फत ’गााजा’लाई प्रवर्धन गरेको र सामाजिक सहिष्णुतामा खलल पुर्‍याएको आरोप लागेको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार गायक थापासँग सो गीत बारे सोधपुछ भइरहेको छ । आपत्तिजनक शब्द प्रयोग भएको गीत सामाजिक सञ्जालबाट हटाएर छोडिने उनले जानकारी दिए । सो गीतमा, धुम्रपान, मादक पदार्थ, गाँजा सेवन गरेर तिहार मनाइन्छ भन्ने भावका शब्दहरुको प्रयोग भएको छ ।

तिहारलाई लक्षित गरेर दुर्गेशले सार्वजनिक गरेको नयाँ गीतलाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले महाशालालाई थापाको गीत बारे अनुसन्धान गरेर प्रचलित कानून अनुसार कारबाही गर्न आदेश दिएपछि प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो ।

समाचार वर्गहरू