गिरानचौर नमुना बस्तीको जग्गा हस्तान्तरणमा लाग्ने कर छुट दिने सरकारको निर्णय

3

काठमाडौं – सरकारले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको गिरानचौर नमुना बस्तीको जग्गा हस्तान्तरणमा लाग्ने अग्रिम कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचाैर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दाखेरी त्यसमा लाग्ने असुल गर्नुपर्ने अग्रिम कर छुट दिने निर्णय गरेको छ,’ उनले भनिन्।

त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तातोपानीको झ्याङ्मोमास्थित सीमा चिन्ह स्तम्भ ५३-१ लाई यथास्थानमा संयुक्तरूपमा पुनस्थापना गर्नका लागि टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू