काठमाडौं – कर्णाली राजमार्गमा कालीकोट खण्डमा गुडिरहेको गाडीमा पहिरो खसेको छ।
बुधबारदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार सञ्चालनमा आएको केही समयमै गुडीरहेको गाडीमा पहिरो खसेको हो।
राजमार्गको कालीकोट सडकखण्डको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खस्दा गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ। गाडी क्षतविक्षत भए पनि मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी कार्यालय कालीकोटका इन्चार्ज टोपबहादुर महताराले बताए।
बर्षा याममा कर्णाली राजमार्गको यात्रा अत्यन्तै जोखिम पूर्णरहेकोले यात्रुले निकै सास्ती खेप्नु पर्ने वाध्यता छ।