काठमाडौं – लगातारको वर्षापछि ललितपुरको गोदावारी नगरपालिका–१२ ठेचोस्थित नख्खु खोलामा आएको बाढीले टिपर बगाएको छ।
प्रहरीका अनुसार बाढीले बगाएको टिपरका चालक भने सकुशल रहेका छन् छन्।
शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो। उक्त टिपर सामान लिनकालागी टीकाभैरवतर्फ जाँदै थियो। बाढीले बगाएर केही तल पुर्याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।