गुन्डा नाइके बाघे पक्राउ

15

काठमाडौं – काठमाडौंको स्वयन्भुबाट गुन्डा नाइके बाघे भनिने सन्देश लामा पक्राउ परेका छन् । बालुवा बिक्रीमा ठगी गरेको अभियोगमा लामालाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

स्वयम्भू, महाराजगन्ज र बालाजुबाट प्रहरीले बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको छ ।

जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू