गृहमन्त्रालय द्वारा ४४जना उप-सचिव तथा सह-सचिवको सरुवा (सुची सहित)

27

(काठमाडौं) – गृह मन्त्रालयले १३ जिल्लाको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहले ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो ।

सोमबार प्रकाशित सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

सरुवा गरिएका सीडीओ मध्ये अधिकांश एक वर्षभन्दा बढी जिल्लामा बसिसकेका अधिकारीहरु छन् ।

केहीलाई कार्यसम्पादनको आधारमा पनि परिवर्तन गरिएको गृह स्रोतले जनाएको छ ।

समाचार वर्गहरू