गृहमन्त्रीको एस्कर्टिङको गाडीले स्कूटरलाई ठक्कर दिँदा दुई घाइते

31

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

मंगलबार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट अगाडि भद्रकालीबाट माइतीघर मण्डलातर्फ गइरहेको गाडीले स्कुटरलाई ठक्कर दिएको हो ।

भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कूटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

गाडीको ठक्करबाट नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा घाइते भएको प्रहरीले जनाएको छ । दुवै जना घाइते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइते दुवैको अवस्था सामान्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले जनाएको छ ।

समाचार वर्गहरू