गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को बहस शुक्रबार

9

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ। आज बुधबारबाट सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा रिट निवेदकतर्फको बहस भने सकिएको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरे। खाजापछि सरकार र रवि लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरे।

लामिछानेको तर्फबाट बहस गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले उपप्रधान तथा गृहमन्त्री लामिछानेको प्रतिनिधिसभा सदस्य अयोग्यतासम्बन्धी परेको रिट निवेदन नै खारेजभागी भएको दाबी गरे।

रेग्मीले सामान्य कार्यविधि पालना नगरेकै आधारणमा केही पनि व्यक्ति गैरनागरिक नहुने दाबी पनि गरे। उनले भने, ‘नेपालको नागरिकतासम्बन्धी व्यवस्थाले नागरिकता विहिनताको परिकल्पना गरेको छैन। निवेदकहरुले मानवीय रवि लामिछाने नेपालको नागरिक होइनन् भन्नु भएको अववस्था छैन।’

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलेन नेपालको नागरिकता त्यागेर गएको भए पुनः प्राप्तिका लागि निवेदन दिनुपर्ने बताए। सँगै उनले अर्को देशको नागरिकता पाउँदा नेपालको स्वत खारेज भएको र अर्को देशको नागरिकता खारेज भएसँगै नेपालको स्वत: कायम हुने तर्क पनि गरे।

अर्को बहस शुक्रबार हुने सर्वोच्चले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू