गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

7

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधीवक्ता दिनमणि पोखरेलविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

सहकारी ठगी प्रकरणमा लामिछाने संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानुनी रहेको भन्दै दुवैजनालाई कारबाहीको मागसहित अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।

आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेशसँगै दुवैलाई छलफलका लागि बोलाएको छ। सर्वोच्चले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति पनि तोकेको छ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेसी तोकेको छ।

आजको सुनुवाइपछि अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको पत्र र कास्की प्रहरीमा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि झिकाउन पनि आदेश दिएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू