गैंडाको खागसहित काठमाडौंबाट ५ जना पक्राउ

40
फाइल फोटो

काठमाडौं – गैंडाको खागसहित काठमाडौंबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका झोँछेका ४१ वर्षका रिकेश शाक्य, ३५ वर्का सुरेश शाक्य, ३९ वर्षका अनिल श्रेष्ठ, नुवाकोट म्यागङका २६ वर्षका रामसिंह तामाङ र २२ वर्षकी मुना तामाङ रहेका छन् ।

अवैध रुपमा गैंडाको खाग कारोबार भएको सूचनाका आधारमा स्वयम्भूको किमडोल पुगेको प्रहरी टोलीले बिक्रीका लागि राखिराखेको अवस्थामा गैंडाको खाग बरामद गरेको थियो ।

पक्राउ परेका व्यक्ति र बरामद गैंडाको खागलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू