गैंडाको खाग सहित काठमाडाैंबाट दुई पक्राउ

23

(काठमाडौं) – गैंडाको खाग सहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका ४६ वर्षीय लब खत्री र बाजुराका २२ वर्षीय दिनेश थापा छन् ।

२५ लाख रुपैयाँमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनापछि खटिएको प्रहरी टोलीले उनीहरुलाई चावहिलबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ थान गैंडाको खाग बरामद भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू