गोकर्णेस्वर नगरपालिका ५ का वडा सचिव विरुद्ध भ्रष्टाचार मुद्दा

45

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेस्वर नगरपालिका वडा नम्बर ५ का वडा सचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले वडा सचिव दिनेश बाँस्कोटा विरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि वडा सचिव बाँस्कोटाले २५ हजार रुपैयाँ घूस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू