काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारको पूर्णता नभई एमालेको विवादको अन्तिम पटाक्षेप नहुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीका माधव नेपाल समूहपनि सहभागी हुने संकेत गरेका छन् ।
उनले नेपाल समूहलाई कांग्रेसकै प्रमुख भाइको संज्ञा दिएका छन् । उनले अघि भनेका छन्- कांग्रेस ९+प्रमुख भाई कांग्रेस ६+कम्फरटेवल कम्युनिष्ट ५+जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ।परमादेश सरकारको पुर्णता नभै एमाले बिवादको अन्तिम पटाक्षेप नहुने।बल देऊ भिमसेन -एकता!!”