काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)को स्वाथ्यअवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमै पुगेका छन्।
लामो समय भारतमा उपचार गरेर फर्किएका हमाल अहिले घरमै आराम गरिरहेका छन्। सुदूरपश्चिमको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी जाँदा पुर्व प्रधानमन्त्री प्रचण्डले हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन्।
प्रचण्डका साथमा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेल, राष्ट्रियसभाका सदस्य हरिराम चौधरी, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री एवं प्रदेश सभा सदस्य ओमबिक्रम भाटलगायतका नेताहरू हमाल निवास पुगेका थिए।
केही समयअघि दिमागको पक्षघात भएपछी हमालले भारतको दिल्लीस्थित मायामेट्रो अस्पतालमा उपचार गराएका थिए। केहीदिन अघि मात्रै हमाल उपचार गराएर स्वदेश फर्किएका हुन्।