गोरखाको धार्चेमा पहिरोमा परी पाँच जना बेपत्ता

133
तस्बिरः सुशील गुरुङको फेसबुकबाट।

काठमाडौं – गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ को रेसेफाँटमा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्।

शनिबार रातिको पहिरोमा परी कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, रमेश परियार बेपत्ता भएका गाउँपालिका उपाध्यक्ष सुनीला गुरूङले जानकारी दिइन्।

वेपत्ता हुने मध्येका एक जना वृद्धको पहिचान हुन बाँकी रहेको गाउँपालिका उपाध्यक्ष सुनीला गुरूङले जानकारी दिइन्। गाउँपालिका उपाध्यक्ष सुनीलाका अनुसार पहिराले जीतबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पुरेको हो। उनले निकै माथिबाट लेदोसहितको पहिरो आएको पनि बताइन्।

‘घटनास्थल निकै विकट ठाउँमा हुनाले उद्धारमा कठिनाइ भइरहेको छ। जिल्लाबाट सुरक्षा टोली घटनास्थलतर्फ हिँडिसक्नुभएको छ। गाउँपालिकाको केन्द्रबाट पनि दुई घन्टा लाग्ने हुनाले सहजीकरण गर्न पनि गाह्रो भइरहेको छ,’ उपाध्यक्ष गुरूङले भनिन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू