गोली हानी हत्या गरेको अभियोगमा पक्राउ

60

(बाजुरा) – आफ्नै श्रीमतीको हत्या अभियोगमा बजुराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ३३ वर्षीया श्रीमती सेतु रोकायालाई गोली हानी हत्या गरेको अभियोगमा बाजुरा गौमल गाउँपालिका–५ बिज्या ढुङगा बस्ने ४० वर्षीय गोरख रोकायालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गोरखले आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा गोठमा बुधबार साँझ भरुवा बन्दुकले टाउकोमा गोली हानी उनकै श्रीमती सेतुको हत्या गरेको भन्ने खबर पछि जिल्ला प्रहरी कार्यालय बाजुरा र ईलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू