गौराती मेलामा रन्जितकार समाज भक्तपुरले सय ताेला चाँदीकाे किंकम्पा र मुकुट चढाउने

81

काठमाडौं – सिन्धुपाल्चोकस्थित गौरती भीमसेनकाे मेला यही कात्तिक ३० गतेदेखि सुरूहुने भएकाे छ ।

हरेक वर्षझै कार्तिक पुर्णिमादेखि द्वितियासम्म लाग्ने मेला यस वर्ष कात्तिक ३० गतेदेखि सुरूहुन लागेकाे हाे । मेला कात्तिककाे ३० गतेदेखि मंसिरकाे २ गतेसम्म चल्नेछ ।

सिन्धुपाल्चोककाे साँगाचोकगढी नगरपालिकामा रहेको जिल्लाकै ठुलो मानिने प्रसिद्ध ऎतिहासिक धार्मिक स्थल गौरती भीमसेन मन्दिरमा पूर्णिमाका दिन श्रदालु भक्तजनहरूले मेला भर्दै आइरहेकाे छ । भीमसेनको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

पौराणीककालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले भीमेश्वरको शिलामा सधैं राती राती दूध चढाउने गरेकोले सो स्थानको नाम गौराती रहन गएको किंवदन्ती छ ।

भीमसेनको मन्दिरमा पूर्णिमाका दिन भक्तजनहरू रातभर जाग्राम बसी भीमसेनकाे आराधना गरि बत्ति बालिन्छ साथै मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बालिन्छ । मेला रातभरि नाचगान गरि भव्यताका साथ मनाइन्छ । यस अवसरमा पञ्चबली दिने परम्परा पनि रही अएकाे छ ।

मेलामा सदरमुकाम चौताराबाट भीमसेनको मूर्तीलाई रथमा राखेर पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि द्वितियाका दिन  पुनः फर्काइन्छ। त्यसरी फर्काइने बेला स्थानीयवासीले श्रद्धाले राखेको चँदुवामा रथ बिसाएर पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रा सहित द्वितियाका दिन मूर्तीलाई चाैतारमा रहेकाे भिमसेनकाे मन्दिरमा विराजमान गरेपछि जात्रा समापन गरिने परम्परा रहेकाे छ । जात्रालाई सिन्धुवासीले दशैंभन्दा पनि ठूलो चाडका रूपमा मनाउँदै आएका छन् । जात्रामा सरकारी पुजासमेत हुने गर्दछ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलेसमेत भीमसेनलाई बोका बलि दिएर पुजा गर्ने परम्परा रहि आएको छ ।

यस वर्ष जिल्लामा सांस्कृतिक तथा सामाजिक रूपमा कृयाशील सम्पदा संरक्षण गुठीको अनुरोधमा रंजितकार समाज भक्तपुरका गणेशराम रंजित (जिआर रन्जित) तथा ललितपुरका सामाजिक अभियन्ता तथा मुर्तिकार रवि शाक्यकाे संयोजनमा पुरानो बजारस्थित जात्रा हुने मुख्य भीमसेनलाई सय तोला चाँदी तथा सुनको गहनाकाे किंकम्पा र मुकुट अर्पण गरिने भएको छ ।

यसै मेलाको अवसरमा यहि २९ गते एक भव्य कार्यक्रम गरी भीमसेनलाई सो गहना अर्पण हुने सम्पदा संरक्षण गुठीका अध्यक्ष तथा सामाजिक अभियन्ता रविन्द्र श्रेष्ठले बताए ।

ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको भीमसेनलाई रंजितकार समाज भक्तपुरको सहयाेग तथा मुर्तिकार रवि शाक्यकाे संयोजनमा तीनलाख बराबरकाे गहना मेलाको अवसरमा चढाउन लागिएकाे रंजितकार समाज भक्तपुरका गणेशराम रंजित (जिआर रन्जित)ले बताए । भीमसेनलाई गहना अर्पण गरेपछि भीमसेन जगाउने पुजा रंजितकार समाजका अध्यक्ष तथा समाजसेवी रामगोपाल रंजितबाट हुने सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताए ।

धार्मिक आस्थाराख्ने भक्तजनहरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जतिकै शक्तिशाली मान्दछन् र मनले चिताएको पुरा हुने विश्वास गरिन्छ ।

मेला भर्न छिकेकी जिल्ला काठमाडाैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चाेक, दाेलखा, रामेछाप, नुवाकाेट, धादिङलगाएतका स्थानबाट हज्जाराै दर्शनार्थीहरु आउने गरिन्छ । गौरती भीमसेन काठमाडाैंबाट ८२ किलाेकिटरकाे दुरीमा रहेकाे छ ।

 

समाचार वर्गहरू