ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

90

काठमाडौं– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाअनुसार माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गरे । यस्तै, एमालेका तलुसीराम विश्वासले ४ हजार १५९ मत प्राप्त गरे । यहाँ राप्रपाका दिनेश कुमार थन्दारले ५५ मत ल्याएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

अध्यक्षमा निर्वाचित माझी यसअघि २०७४ को निर्वाचनमा वडा नम्वर १ को वडाध्यक्ष थिए । उनले त्यो बेला मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए । एक दशकभित्र तीन वटा दल फेरेका उनी पछिल्लो समय गत भदौमा माओवादी प्रवेश गरेका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा आवद्ध थिए ।

समाचार वर्गहरू