घट्न थाल्यो सुनचाँदीको मूल्य

24

मध्यबिन्दु/काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार तोलामा २ सय रुपैयाँले घटेको सुनको मूल्य आज ८ सयले घटेको छ । सोमवार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन तोलामा ७३ हजार ७ सयले कारोबार भइरहेको छ ।

मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

समाचार वर्गहरू