(काठमाडौं) – घूस सहित ईलाका प्रहरी कार्यालय दाङ तुलसीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हेमन्त केसी पक्राउ परेका छन् ।
घोराही १५ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको वली होटेलमा ७ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सार्वजनिक अपराधमा मुद्दा चलेका व्यक्तिलाई छुटाइदिए बापत उनले घूस माग गर्ने गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।