घूस रकम सहित दुई पक्राउ

10

(कास्की, रासस)  – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले आइतबार दुई जनालाई सेवाग्राहीसँग घूस लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय लेखनाथका खरीदार भानु नगरपालिका–६ तनहुँका प्रकाश पौडेल र लेखापढी व्यवसायी फलेवास नगरपालिका–१ पर्वतका मनोहरी भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले १२ हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियारको टोलीले  नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनीहरु माथि थप छानबिन भइरहेको र आयोगको कार्यालयमा राखिएको उनले बताए ।

समाचार वर्गहरू