घूस लिएको आरोपमा कम्प्युटर अपरेटर पक्राउ

40

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ ।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घूस लिएको आरोपमा महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको हो ।

जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घूस माग गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ । आरोपीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू