काठमाडौँ – काठमाडौंको चन्द्रागीरी केवलकारमा अड्किएका सबै यात्रुहरुको सकुशल उद्धार गरिएको छ । दिउँसो करिब साढे १ बजे समस्या आएपछि यात्रुहरू केबलकारमा नै अड्किएका थिए ।
विद्युत् प्रवाहमा समस्या देखिएपछि अवरुद्ध बनेको चन्द्रागिरि केबलकार पुनः सुचारु भएको छ । पटक पटक अवरुद्ध हुँदा केवलकार प्रयोग गर्ने यात्रुको मानसिकता भने सधैं डरले भरिने गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार केही बेरअघि केबलकार सुचारु गरिएको र सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको जानकारी दिए । अधिकारीका अनुसार ७५ जना यात्रुलाई सकुशल उद्धार गरिएको हो ।