चन्द समूहका एक कार्यकर्ता जुम्लाबाट पक्राउ

26

(जुम्ला) – प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता जुम्लाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकाया रहेका छन् ।

लकडाउनका बेला सिञ्जामा मसाल जुलुस गरी एमसीसी सहित विभिन्न नाराबाजी गर्दै मसाल जुलुस गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए ।

रोकायालाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समाचार वर्गहरू