(काठमाडौं) – सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका दुई जना नेतालाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द समूहका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङ छन् ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले पक्राउ गरेको हो । डंगोललाई अभद्र व्यवहारको कसुर अन्तरगत बुधबार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।
तामाङको भने म्याद थप भइसकेको छैन । उनीहरुको अन्य घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।