(काठमाडौं) – प्रतिबिन्धत नेत्रविक्रम चन्द समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । उनी चितवनको भरतपुर महानगरपालिका ११ बसेनीबाट पक्राउ गरेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको । तर, प्रहरीले औपचारिक जानकारी भने गराएको छैन ।
लोहनी विप्लव समूहको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । तर, लोहनीको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उनलाई पार्टीबाट बिदाई गरिएको थियो ।