(रूकुम पूर्व) – लागू औषध चरेस सहित रूकुम पूर्वबाट २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
झाेलामा चरेश लुकाईछिपाई लैजाँदै गरेकाे अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएकाेे टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा भूमे गाउँपालिका ३ का २७ वर्षीय तारा राेका र वडा नम्बर ६ का तिलक पुन मगर रहेका छन् ।
उनीहरूकाे साथबाट दुई किलाे ५ सय ग्राम चरेश फेला परेकाे प्रहरीले जनाएकाे छ ।