चर्चित र्‍यापर भिटेन पक्राउ

19

(काठमाडौं) – चर्चित र्‍यापर भिटेन ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘हामी यस्तै त हो नि ब्रो’ निकै चर्चित छ ।

सोही गीतमा प्रयोग भएका शब्दलाई लिएर भिटेनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए।

यसअघि अर्का चर्चित गायक एवं मोडल दुर्गेश थापा काठमाडौबाट पक्राउ परेका थिए । युटुबमा राखेको गीत हटाउने र सार्वजनिक रुपमा माफी माग्ने सहमति पछि गत मंगलबार पक्राउ परेका थापालाई प्रहरीले सोही दिन रिहा गरेको थियो ।

तर, भिटेन माथि भने मुद्दा दर्ता गरी कानूनी कारबाही अघि बढाईने एसएसपी थापाले बताए।

समाचार वर्गहरू