काठमाडौं – तेलगु सिने उद्योगका चर्चित हाँस्यकलाकार वेणु माधवको बुधबार असामयिक निधन भएको छ । उपचारका क्रममा माधवको एक निजी अस्पतालमा बुधबार मध्यान्ह उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ३९ वर्षीय माधवको निधनको खबर पछि दर्शकहरुले समवेदना व्यक्त गर्दै दुस्ख प्रकट गरेका छन् ।
मृगौला र कलेजोमा गम्भीर समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भनाई गरिएको थियो । मंगलबार सिकिस्त भएपछि उनलाई स्थानीय एक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको स्वास्थ्यमा समस्या आएपछि ७ सेप्टेम्बरमा भारतस्थित यसोधा अस्पतालमा भर्ना गरिएको थियो ।
स्पताल भर्ना गरी उपचार सुरु गरेपनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । उनको स्वास्थ्य नाजुक बन्दै गएपछि सिकंनदरवाद स्थित अस्पतालमा मंगलबार भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।
वेणु माधवको जन्म भारतको आन्ध्र प्रदेशको नलगोडा जिल्लाको कोडाई भन्ने स्थानमा भएको थियो । उनले हाास्य कलाकारका रुपमा फिल्ममा आफ्नो पहिचान बनाएका थिए । वेणु केही वर्षयता कलेजोमा समस्या देखिएपछि फिल्महरुमा अभिनय गरेका थिएनन् ।
उनले करीब २ वटा तामिल तथा तेलगु चलचित्रमा अभिनय गरेको थिए । उनले ’सम्पर्दायम’ चलचित्रमा एउटा सानो भूमिकामा देखिएका थिए । सन् १९९६ को तेलगुचलचित्र’मास्टर’ बाट वेणुले आफ्नो अभिनय यात्रा सुरु गरेको थिए । वेणुले सन् २००६ को उत्कृष्ट हाँस्यकलाकारको रुपमा ’लक्ष्मी’ चलचित्रबाट नन्दी अवार्ड समेत पाएका थिए ।