चर्च ब्वाइज सेमिफाइनलमा

14

(झापा) – काठमाडौंको चर्च ब्वाइज युनाइटेड क्लब, झापामा जारी हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा गोरखा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

चर्च ब्वाइजले सेमिफाइनलमा पर्सि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा भोलि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र भारत सिक्किमको आक्रामक फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

समाचार वर्गहरू