चल्ला उत्पादन फेरि सुरु, ३२ करोड घाटा भएको ह्याचरी संघको दाबी

23

चितवन – नेपाल ह्याचरी उद्योग संघले बुधबारदेखि फेरि चल्ला उत्पादन सुरु गरेको छ । १० दिनसम्म कुखुराका चल्ला उत्पादन बन्द गरेको संघले फेरि नियमित चल्ला उत्पादन सुरु गरेको हो । लागतअनुसारको मूल्य नपाएको भन्दै गत मंसिर २९ गतेदेखि संघले चल्ला उत्पादन बन्द गरेको थियो ।

एउटा चल्ला उत्पादन गर्न झण्डै ५५ रुपैयाँ लागत पर्ने भए पनि बिक्री मूल्य ३० रुपैयाँभन्दा कम मात्र पाइरहेको भन्दै संघले चल्ला उत्पादन बन्द गरेर अन्डा नस्ट समेत गरेको थियो ।

१० दिन चल्ला उत्पादन बन्द गर्दा ३२ करोड रुपैयाँ भन्दा बढीको नोक्सानी भएको संघले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू