चितवनमा अटाे रिक्सा दुर्घटना हुँदा ५ काे मृत्यु

16

(चितवन) –  चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते छन् ।

राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । अटोमा ६ जना सवार थिए ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक मध्ये पर्वतको कुस्मा पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन बाँकी छ ।

समाचार वर्गहरू