चितवनमा थप ८७ जनामा कोरोना संक्रमण

22

भरतपुर – चितवनमा एकैदिन थप ८७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ७३ जना सहित चितवनका ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् ।

कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरेर आठ जना छन् । खैरहनीका दुई पहिला दुई पुरुष गरेर चार जना र रत्ननगरका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

समाचार वर्गहरू