चितवनमा बस पल्टिँदा २१ जना यात्रु घाइते

3

काठमाडौं – काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गमा अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका छन्। चितवनको ईच्छाकामना-५ पानीधारास्थित पृथ्वी राजमार्गमा ग १ ख ७७०१ नम्बरको बस पल्टिएको हो।

बसमा सवार ३० जना यात्रुमध्ये २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने १७ जनाको पुरानो मेडिकल कलेजमा, एक जनाको चितवन मेडिकल कलेज र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बसका चालक तनहुँको भिमाद- २ बस्ने २५ वर्षीय लेखबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएकव छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू