चितवन मेडिकल कलेजमा उपचाररत थप दुई जनाको मृत्यु

21

चितवन – कोरोना भाइरसको संक्रमणबाट भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । शिक्षण अस्पतालमा उपचाररत कालिका नगरपालिकाका पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी एक महिलाको आइतबार मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० की १७ वर्षीया युवतीको आइतबार मृत्यु भएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार उनमा श्वासप्रश्वास तथा निमोनियाको समस्या देखिएपछि गत भदौ २२ गते अस्पताल भर्ना भएकी थिइन् । आईसीयूमा उपचार भइरहेको उनको आइतबार पौने चार बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि, आइतबार चितवन कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको पनि चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । उनमा पनि नियमोनिया र श्वासप्रश्वास कै समस्या थियो । गत भदौ २६ गते अस्पताल भर्ना भएका उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा आइतबार पौने १२ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उक्त अस्पतालमा हालसम्म १४ जना सङ्क्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ चितवनका हुन् ।

समाचार वर्गहरू