चितवन – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु मृत्यु भएको छ ।
उपचारको क्रममा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि गत भदौ २५ गते भर्ना गरिएको थियो ।
पीसीआर परीक्षण गर्दा ती युवकलाई भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।