चितवन मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

45

चितवन – भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ की ४० वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो ।

भदौ ६ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना संक्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार ती महिला झाडापखाला, खोकी तथा छातीमा देखिएको थियो । योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व) का १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

समाचार वर्गहरू