चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

27

चितवन – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चितवनमा मंगलबार साँझ दुई जना पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज (सीएमसी) मा उपचाररत चरतपुर महानगरपालिका-१० का ६१ वर्षीय पुरुषको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मधुमेह र उच्च रक्तचापको समस्या भई असोज ८ गते अस्पताल भर्ना भएका भरतपुरका ती पुरुषको मंगलबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

उपचारकै क्रममा ६१ वर्षीय ती पुरुषको मंगलबार साँझ ६ः३० बजे मृत्यु भएको सीएमसीका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

असोज १८ गते पीसीआर परीक्षणका लागि स्वाब दिएर घरमै बसेका राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको साँझ ६ बजे अस्पताल पुगेका थिए ।

उनको मंगलबार साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो । श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

समाचार वर्गहरू