चितवन – कोरोना भाइरसको संक्रमणबाट चितवन मेडिकल कलेजमा मकवानपुरका थप एक जनाको मृत्यु भएको छ ।
भेन्टिलेटरमा राखेर उपचार भईरहेका हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको गएराति मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्साल जानकारी दिए ।
लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।