चितवन २ : उपनिर्वाचनकाे तालिका सार्वजनिक, २० चैतमा मनाेनयन

11

काठमाडौं – चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २० गते मनोनयन दर्ता हुनेछ । २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको  छ।

यसैगरी २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।

अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिनेछ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उहाँको सांसद पद पनि खारेज भएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू