चिनबाट आइपुग्यो १४.८ टन स्वास्थ सामाग्री

30

(काठमाडौं) – कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनबाट खरिद गरिएको करिब १४.८ टन स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । उक्त सामग्री नेपाल वायुसेवा निगमको जहाजले ल्याएको हो ।

“आकाशमार्गबाट आउने यो नि अन्तिम उडान हो”नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने “बाँकी सामग्री एक दुई दिन बिराएर स्थलमार्गबाट ढुवानी गरिनेछ ।”

नेपाल सरकारले गत चैत १६ गते ‘जीटुजी’ प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि करिब दुई अर्ब रुपियाँ बराबरको ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री खरिद गर्न सेनाले वैशाखको पहिलो साता चीन सरकारको स्वामित्वमा रहेको सिनो फर्मासँग सम्झौता गरेको थियो ।

समाचार वर्गहरू