चीनले परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोप आम नागरिकमा

19
फाइल फोटो

बेइजिङ : विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन अनुमति दिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको हो । चिनियाँ मिडियाका अनुसार एक चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको जानकारी दिए ।

यससँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने अहिलेसम्मकै पहिलो देश बनेको छ । सरकार सञ्चालित कम्पनी सिमोफोर्मले तेस्रो चरणमा लगातार पाँच वटा भ्याक्सिन परीक्षण गर्नेक्रममा उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा खोपको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले डब्ल्युएचओले कोरोनाको खोप बारे हालै जानकारी गराएको बताएका  थिए । यसअघि रुसले पनि अन्तिम चरणमा पुगेको खोप डब्लूएचओमा दर्ता गरिसकेको छ । जुन पश्चिमा देशका विज्ञहरुले थुप्रै आशंका गर्नुपर्ने र विश्वास गर्न नसकिने दावी गरेका छन् । एजेन्सी

समाचार वर्गहरू