चीन सरकारको लगानीमा दमकमा औद्योगिक पार्क बन्ने

11

काठमाडौं – झापाको दमकमा चिनियाँ सरकारको लगानीमा नेपाल चीन औद्योगिक पार्क निर्माण हुने भएको छ । सो परियोजानाका लागि लगानी बोर्ड र विकासकर्ता कम्पनीबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार सम्झौता भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीअनुसार ६४ अर्ब लगानीमा पार्क बन्नेछ । पार्कको नाम ‘चाईन नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ ।

समझदारी पत्रमा बोर्डको तर्फबाटप्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डष्ट्रियल पार्क लिमिटेडका अध्यक्ष गोकिन्द बहादुर थापाले हस्ताक्षर गरे ।

पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे काम थालिसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि उनले स्पष्ट पारे ।

समाचार वर्गहरू