चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न प्रतिबन्ध

7

काठमाडौँ । निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँडन मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गरेको बारेमा केन्द्रिय सुरुक्षा समितिमा छलफल भएको छ । बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर त्यस्ता भेहिकल (गाडी) प्रयोगमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका सहसचिव प्रवक्ता  आनन्द काफ्लेले बताए ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधी र सहसचिव आनन्द काफ्ले सहभागी थिए ।प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका अधिकारीहरु पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

अहिले देशभर छत खुल्ला भएको गाडीबाट उम्मेदवारहरुले भोट माग्ने प्रचलन बढ्दो छ । सह सचिव काफ्लेले भने, ‘उम्मेदवारलाई सुरक्षा खतरा हुने निष्कर्ष निकाल्दै त्यस्ता भेहिकल प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय गरिएको हो ।’ बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अहिलेसम्मको गतिविधि र तयारीबारे छलफल गरेको छ । तयारी राम्रो रहेको निष्कर्ष निकल्दै तयारीलाई थप सुदृढ बनाउने निर्णय गरिएको छ।

निर्वाचनमा तटस्थता र निस्पक्षता अपनाउन कर्मचारी खटन पटनमा नै सचेत हुनेबारे छफल भएको छ । उनले भने, ‘कर्मचारीका कारण दण्डहिनता हुन नदिने निर्णय गरेका छौं ।’ केन्द्रिय सुरक्षा समितिले निर्वाचन अवधिभर जिल्ला सुरक्षा समितकौ बैठक दैनि बस्न निर्देशन दिएको छ । त्यस्तै सुरक्षा निकायहरुले संयुक्त पट्रोलिङलाई बढाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

समाचार वर्गहरू