(एजेन्सी) – चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष तीन क्लबमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–१ गोल अन्तरले हराउँदै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
चेल्सीको जितमा टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे । वाटफोर्डका लागि जेरार्ड डेउलोफेउले गोल गरे । खेलको पाँचौं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलले अघि रहेको चेल्सीले ५५ औं मिनेटमा पुलिसिकको गोलबाट २–० गोलको अग्रता बनायो । ८० औं मिनेटमा डेउलोफेउले पेनाल्टीबाट गोल गर्दै वाटफोर्डलाई २–१ गोलको स्थितिमा ल्याए ।
तर. बाँकी समयमा गोल नभएपछि खेल चेल्सीले जित्न पुग्यो । जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ११ खेलबाट २३ अंक छ । पराजित वाटफोर्ड भने लिगको २० औं स्थानमा छ ।