(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली टोटनह्यामलाई २-० गोल अन्तरले हराएको हो ।
१० खेलाडीमा सीमित घरेलु टोलीमाथि चेल्सीले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेलको १२ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको ४५ औं मिनेटमा विलियमले पेनाल्टीमा गोल गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौंथो मिनेटमा विलियनले पेनाल्टीमार्फ गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएको थियो । मार्काेस अलन्सोलाई पेनाल्टी बक्समा गोलरक्षक पाउलो गाजानिगाले लडाएपछि भिएआरको सहायता चेल्सीले पेनाल्टीको मौका पाएको थियो ।
घरेलु टोलीलाई चेल्सीले दोस्रो हाफमा दवावमा राखेपनि थप गोल गर्न सकेन । खेलको ६२ औं मिनेटमा सन ह्युङ मिनले रातो कार्ड पाउँदा घरेलु टोली टोट्नह्याम १० खेलाडीमा समेटिएको थियो । एन्टेनियो रुडिगरमाथि खराब ट्याकल गरेसँगै भिएआरको सहायतामा सन ह्युङ मिनलाई रातो कार्ड देखाएको थियो ।
जितसँगै चेल्सीले १८ खेलमा ३२ अंक जोडेको छ । चेल्सी तालिकाको चौंथो स्थानमा रहेको छ । पराजित टोटन्ह्याम २६ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।